भूकम्पपीडितलाई सहयोग गर्न आएकी अमेरिकी युवतीको पोखरामा हत्या

भूकम्पपीडितलाई सहयोग गर्न भन्दै नेपाल आएर झण्डै महिनादिनदेखि बेपत्ता एक अमेरिकी युवतीको हत्या भएको खुलेको छ।

धिताल ३ घर भइ स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासर्पोट नम्बर ४५१३८३८४७ की डालिया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ। गत साउन १९ मा पोखरा आएकी यहीया ३ दिनसम्म पौडेलको पोखरा सिम्पनीस्थित कोठामा बसेकी थिईन्।

चौथो दिनदेखि उनी सम्पर्कविहिन थिईन। पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको प्रहरीले अनुमान गरेको छ। अनुसन्धानका क्रममा विहीबार पक्राउ परेका पौडेलले जिल्ला प्रहरी कार्यालयबाट हामफाल्ने प्रयास समेत गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

8348