Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरा तायमचा नृत्य प्रतियोगितामा तेर्सापट्टी प्रथम

पोखरा एफएम/ एचकेनेपाल डट कम –
पोखरा, १९ भाद्र। नेवा खल कास्कीको आह्वान तथा नेवाःकचाः पुच र नेवाःमिसाःपुच बागबजार, बगर १ पोखराको आयोजनामा गाइजात्रा पर्बको अवसरमा आयोजित गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगितामा तेर्सापट्टिी तायमचा समुह प्रथम भएको छ।

“हाम्रो चाहना ः परम्परागत मौलिक संस्कृतिको जगेर्ना ” भन्ने मुलनाराका साथ आयोजना गरिएको प्रतियोगितामा भैरबटोल तायमचा समूह दोस्रो, मोहोरिया टोल तायमचा समूह तेस्रो तथा रामकृष्ण टोल तायमचाा समूहले सान्तन्वा स्थान हासिल गरेका छन। यसैगरि उत्कृष्ट परिको पुरस्कार रामकृष्णटोलका रुपिन श्रेष्ठ र उत्कृष्ठ जोकरको पुरस्कार बगालेटोलका सरोज श्रेष्ठले पाएका छन्। प्रतियोगितामा प्रथम हुनेले ३१ हजार १ सय र खसी, दोस्रो हुनेले रु.२१ हजार १ सय र खसी को तृतिय हुनेले रु. ११ हजार १ सय र कुखुराको भाले, उत्कृष्ट परी र जोकरले रु. १ हजार पुरस्कार प्राप्त गरेका छन्।

१९ टोलीको सहभागिता रहेको प्रतियोगितामा राष्ट्रबैंकचोक तायमचा समूह, मालेपाटन, बिरौटा र हेम्जा तायमचा समूहले प्रोत्साहन पुरस्कार स्वरुप रु २५ सय पुरस्कार पाएका छन्। प्रतियोगिताको निणार्यकहरुमा संस्कृतिकर्मी तथा संगीतकर्मी कृष्णबहादुर श्रेष्ठ, सुवर्ण बज्राचार्य, रमेश कर्माचार्य, आनन्द श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका थिए। बागबजारको खुला सडकमा सञ्चालित महोत्सवमा विभिन्न नेवारी परिकारहरु, नेवारी कला सँस्कृतिका झाँकी लगायत नेवारी नृत्य, कुमारी नाच, चर्या नाच देखाइएको थियो।





Comments

comments

Leave a Reply

8360