Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आमाको घाँटी रेटर रगत पिउने नरपिचाश छोरा

भारतको ओडिशाको नवरंगपुर जिल्लामा एक युवकले रक्सी पिउनको लागि पैसा मागे। पैसा नपाएपछि आफ्नी बृद्धा आमाको घाँटी काटेर रगत पिएका छन्। पुलिसले हत्यारा छोरा रविलाई गिरफ्तार गरी आईतवार न्यायिक हिरासतमा जेल पठाएको छ।

शनिवार अपरान्ह चंदनपल्ली गाउंका ३५ वर्षीय नशेडी रविले आफ्नी ७२ वर्षीया बृद्धा आमा सुकलदेई जानीको घाँटी काटेर रगत पिएपछि बहुला झैं चिच्याउने र कराउने गरेका थिए। आवाज सुनेर घटनास्थल पुगेका छिमेकीहरु त्यहाँको वीभत्स दृश्य देखेर स्तब्ध भएका थिए।

छिमेकी आउनसाथ भाग्न लागेका रबिलाई पक्रेर मारपिट गरेपछि प्रहरीलाई सुम्पेका थिए। प्रहरीले घटनास्थलबाट धारिलो चक्कू बरामद गरेको छ।

सोधपुछपछि रविले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको समाचार भारतीय पत्रिका जागरणले जनाएको छ। आमाले रक्सी पिउने पैसा नदिएपछि यस्तो घटना घटाएको बयान उनले प्रहरीसमक्ष दिएका छन्।





Comments

comments

Leave a Reply

8364