Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मन्दिर हिंडेका बालकको शव मकैबारीमा भेटियो

काठमाडौं, काठमाडौं गोलढुंगाका ९ वर्षे बालक मन्दिस घिमिरेको शव फेला परेको छ। शुक्रबारदेखि हराइरहेका उनको शव तारेकेश्वर नगरपालिका–८ स्थित भ्यु टावर नजिकै हातखुट्टा र मुख बाँधेको अवस्थामा भेटिएको हो।

मकैबारीमाथिको डाँडामा हात, खुट्टा मुख बाँधेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मामाघरबाट शुक्रबार भ्यु टावर हेर्न भनी मन्दिस निस्केका थिए। साँझसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो। मन्दिसका पिता विशाल घिमिरे ९ महिनाअघि रोजगारीका लागि मलेसिया गएका छन्। अामा भगवती बालाजु बस्दै अाएकी छिन्। नागरिक दैनिकमा समाचार छ।

कसले किन हत्या गर्‍यो भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन। ‘प्रारम्भिक अनुसन्धानलाई हेर्दा पारिवारिक कारण जस्तो देखिन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं। केही समयपछि रहस्य बाहिर अाउँछ।’





Comments

comments

Leave a Reply

8374