हङकङमा १८८४ सालपछिकै ठूलो वर्षा, सबै विद्यालयहरु बन्द, सडक र रेल यातायात अवरुद्ध…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ सेप्टेम्बर। हङकङमा विहीवार साँझदेखि लगातार परेको भारी वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।

फोटोः सामाजिक सञ्जाल

हङकङ अब्जर्भेटरीले भारी वर्षाले खतरा निम्त्याउन सक्ने भन्दै ब्ल्याक रेन स्ट्रोम जारी गरेको छ।

अब्जर्भेटरीले हङकङमा यसलाई 1884 वर्ष पछिको ठूलो वर्षा भनेको छ र यसले त्यसपछिका रेकर्ड-ब्रेक वर्षा बनेको छ। अब्जर्भेटरी मुख्यालयले गए राति प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको जनाएको छ, जुन १३९ वर्ष यताकै उच्च हो भनेको छ।

शहरभरि व्यापक बाढीले गर्दा सडक र रेल यातायात अवरुद्ध भएको छ।

भारी वर्षाका कारण शिक्षा व्यूरोले सबै विद्यालयमा हुने पठनपाठनलाई स्थगित गरेको छ।

केही सार्वजनिक बस सेवाहरु बन्द गरिएका छन् भने सरकारी कामकाजलाई घरैबाट गर्न कर्मचारीलाई निर्देशन दिइएको छ। गृह मामिला विभागले विभिन्न स्थानहरुमा सुरक्षाको लागि सेल्टरहरु स्थापना गरेकको छ।

महिलालाई हङकङमा बाढीले यसरी बगायो हेर्नुहोस् भिडियो

https://www.youtube.com/shorts/lNrLCaQMHBc
https://www.youtube.com/shorts/lNrLCaQMHBc

फोटोहरुः सामाजिक सञ्जाल





Comments

comments

84075