Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सौन्दर्यकर्मीको भिडन्त – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सौन्दर्यकर्मीको भिडन्त

शिब मुखिया / एचकेनेपाल डट कम-
अहिले सौन्दर्य प्रतियोगिताको लहड नै चलेको छ। यसै मेसोमा थपिएका छन्–व्युटिशियन आइकन। यसमा सौन्दर्य व्यवसायीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन्।

अहिले व्युटिशियन आइकनका लागि तीस जना सौन्दर्यकर्मी भिडिरहेका छन्। उनीहरुलाई ग्रुमिङ सेसनमा राखिएको छ। यसमा सौन्दर्यकर्मीहरुले आफ्नो आत्मविश्वास, पर्फमेन्स, व्यक्तित्व निखार्न पाउने आयोजक एविसी ह्यान्डका अध्यक्ष सीता पाठकले वताइन्।

सहभागीले विभिन्न चरण पार गर्दैै अन्तिम छनौटमा प्रवेश गर्नेछन्। र, आगमी असोज तेस्रो साता भव्य कार्यक्रमवीच हुने ग्रान्ड फिनालेवाट उनीहरुको क्षमताको छिनोफानो हुनेछ। यतिवेला सहभागीलाई ग्रुमिङ सेसनमा राखिएको छ।

प्रतिस्पर्धीको पर्फमेन्स, व्यक्तित्व, आत्माविश्वास, सौन्दर्य कला, क्षमता आदिको आधारमा विजेता छनौट गरिनेछन्। त्यस वाहेक उनीहरुको प्रवृत्ति, अनुसाशन जस्ता कुराको पनि मूल्यांकन हुनेछ। प्रतियोगिताको कोरियोग्राफी निर्जन थापाले गरिरहेका छन् भने, इभेन्ट सम्हालेका छन्–दिपक घिमिरेले।





Comments

comments

Leave a Reply

8418