Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
एनआरएन विश्व सम्मेलनको लागि १९ सदस्यीय उच्चस्तरीय समिति गठन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन विश्व सम्मेलनको लागि १९ सदस्यीय उच्चस्तरीय समिति गठन

एचकेनेपाफ डट कम –
काठमाडौं । गैरआवासीय नेपाली संघको सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि नेपाल सरकारले पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा १९ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ। सो समितिमा नेपाल सरकार, गैरआवासीय नेपाली संघ र नीजि क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व रहेको छ।

सम्मेलनको आयोजकमध्ये एक नेपाल सरकार पनि रहने प्रचलनअनुसार यो पटक पनि सरकारले परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति गठन गरेको हो। बुधबार बसेको समितिको पहिलो वैठकले सम्मेलन आयोजनाका सन्दर्भमा बिभिन्न निर्णयहरु गरेको छ।

वैठकले उच्चस्तरीय समितिको मातहतमा नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने गरी बिभिन्न उपसमितिहरु गठन गर्ने र त्यसको जिम्मेवारी समितिका सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेसमेतको सहभागितामा वसेको वैठकमा पराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालयका सचिवहरु, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उर्जा मन्त्रालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष, व्यापार तथा निकासीय प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको थियो।

वैठकमा आफ्ना धारणा राख्दै परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले घोषणापत्र निर्माणका बिगतका अनुभवबाट सिक्दै त्यसको कार्यान्वयन पक्षलाई मूल्याङ्कन गरी कार्यान्वयन गर्न सकिने बुँदामात्र समावेश गरी घोषणापत्र तयार पार्नुपर्ने सुझाव दिए।

घोषणापत्र कार्यान्वयन भए/नभएको अनुगमन गर्न एक समिति बनाउने र त्यसमा नेपाल सरकार र निजीक्षेत्रका प्रतिनिधिसमेत सहभागी गराउनुपर्ने उनले प्रस्ताव गरे।

संघका अध्यक्ष घलेले सम्मेलन आयोजनाका सन्र्दभमा हालसम्म भएका प्रगति बिबरणबारे जानकारी दिँदै यसपटकको सम्मेलनको मुल नारा ‘एनआरएन– राष्ट्र पुन:निर्माणको सच्चा साझेदार’ तय गरिएको जानकारी गराए। सम्मेलनका बिभिन्न बिषयमा बिषयगत प्रस्तुती दिँदै उनले भूकम्पपीडितका लागि एक हजार घर निर्माण गर्ने र त्यस अभियानमा एनआरएन स्वयंसेवकलाई परिचालन गर्ने तयारी रहेको जानकारी दिए।

सम्मेलन सफलताका लागि नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधिसहित सवै सरोकारवालाको उत्तिकै सक्रिय सहभागिताको अपेक्षा गरिएको भन्दै उनले यसपटकको बिश्वसम्मेलन पुन:निर्माणको प्रकृयामा रहेको मातृभूमिप्रति गैरआवासीय नेपालीको ऐक्यबद्धताका रुपमा पेश गरिने जानकारी दिए।

उच्चस्तरीय समितिका अध्यक्ष एवं परराष्ट्रमन्त्री पाण्डेले एनआरएनले राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यसपटकको सम्मेलन त्यस दिशमा झनै अर्थपूर्ण हुने बताए। सम्मेलनको सफलताका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उपसमिति निर्माणसहित तयारीमा जुट्न सवै सरोकारवालालाई आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

8586