Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

थाई प्रेमिकालाई भेट्न पारस लाओस पुगे

काठमाडौं – पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन्।

उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेको खबर नेपाल समाचारपत्रले छापेको छ। पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा थाई प्रहरीले कन्निकालाई पक्राउ गरेको जानकारी दिएको छ।

पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। थाइल्यान्ड जान प्रतिबन्ध लागेपछि पूर्वयुवराज पारस आफ्नी प्रेमिकालाई भेट्न लाअोस पुगेको बताइएको छ।

सर्वसाधारण जस्तै कसैलाई पनि जानकारी नदिई उनी सुटुक्क लाओस पुगेका हुन्।





Comments

comments

2131