न्यूयोर्कमा शकुन ज्ञवालीको मुक्तक संग्रह “खबरमा छु प्रिय” लोकार्पण

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायिका हरिदेवी कोईराला, कवि हनिफ मियाँ समारोहमा विशेष उपस्थिति

अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौं कृति मुक्तक संग्रह “खबरमा छु प्रिय” गत शनिवार सेप्टेम्बर २३ का दिन न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरियो।

कार्यक्रममा नेपाली साहित्य संगीतको मुहान पोखराबाट अमेरिका भ्रमणमा रहनु भएका पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायिका हरिदेवी कोईराला र कवि हनिफ मियाँको सो समारोहमा विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा तारा किशन फाउण्डेशनको तर्फबाट फाउण्डेशनका संस्थापक तारा धामी तथा कवि किशनसिंह धामीले कृतिकार शकुन ज्ञवालीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभएको थियो । यसैगरी सप्तरंगी साहित्य प्रतिष्ठान पोखरा र पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कवि शकुन ज्ञवालीको सम्मान गर्दै दोसल्ला ,मायाको चिनो स्वरुप सम्मान पत्र पठाएको थियो।

यसैगरी पोखराबाट आउनुभएका विशेष अतिथिहरु प्राज्ञ एवं लोक गायिका हरिदेवी कोईराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि दोसल्ला ,मायाको चिनो स्वरुप सम्मान पत्र प्रदान गर्नु भएको थियो । कवि शकुन ज्ञवालीलाई अनेसास न्यूयोर्कले पनि दोसल्ला र मायाको चिनो स्वरुप सम्मानपत्र प्रदान गरेको थियो।

यसै गरि पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कलाकार मिलन शेरचनले मायाको चिनो र दोसल्ला पठाउनु भएको थियो। उक्त कार्यक्रममा सहभागी भएका अधिकांशले शकुन ज्ञवालीलाई दोसल्ला, माला, पुष्प गुच्छा र खादाद्वारा सम्मान गरेका थिए।

बाहिर झमझम पानी परिरहेको अवस्थामा पनि समारोह स्थलमा भने अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष राजन महर्जनको सभापतित्व एवं न्यूयोर्कका कानून व्यवसायी कवि बिनोद रोकाको प्रमुख आतिथ्यतामा ४ घण्टासम्म संचालन भएको सो कार्यक्रममा नेपाली साहित्यानुरागीहरुको भव्य उपस्थिति रहेको थियो।

कृतिको समिक्षा साहित्यकार रस्मि भट्टले गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण संचालन अनेसास न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र महासचिव जानुका वस्ती ढकालले गर्नु भएको थियो।

सोही अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायिका हरिदेवी कोईराला र कवि हनिफ मियाँलाई अनेसास न्यूयोर्क च्याप्टर र कलाकारसंघले सम्मान पत्र प्रदान गरेको थियो। कार्यक्रममा वरिष्ठ लोक गायिका हरिदेवी कोईरालाले पनि कवित्रय शकुन, लक्ष्मी तथा नादियालाई मिलन शेरचनले पठाएको मायाको चिनो तथा वहाले समेत मायाको चिनो प्रदान गर्नु भएको थियो। कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो।





Comments

comments

85402