एनआरएन कोलोराडो च्याप्टरमा ११ सदस्यीय सल्लाहकार समिति चयन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका। एनआरएन कोलोराडो च्याप्टरको कार्यसमितिको पहिलो बैठकले ११ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ।

अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा उपस्थित कार्यसमितिका सदस्यहरूको बहुमतले सल्लाहकार समिति चयन गरेको हो।

यसरी चयन हुने सल्लाहकार समितिका सदस्यहरूमा पुरूषोत्तम पाण्डे, नवराज श्रेष्ठ, सुनिल पाठक, धन पौडेल, शंकर गुरूङ, भुवन सापकोटा, दिनेश श्रेष्ठ, गीता गौली, दिपक सुनुवार, कृष्ण थापा मगर र अरसी पन्त रहेका छन्।

सल्लाहकार समिति चयनगर्दा कोलोराडोमा रहेका संघ संस्था, व्यवसायी, समाजसेवी, बुद्धिजीवी सबै पेशा वर्ग जातजातीको प्रतिनिधित्व हुने गरी चयन गरिएको अध्यक्ष प्रकाश पौडेलको बताएका छन्।

त्यसैगरी कार्यसमितिको बैठकमा स्थानीय संघ संस्थाहरूसंग कसरी समन्वय गर्दै अगाडि बढ्ने र भावी कार्यक्रमहरूलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा गहन छलफल भएको अध्यक्ष पौडेलले बताएका छन्।





Comments

comments

85411