७६ जिल्लामा फैलियो डेंगु, १५ जनाको मृत्यु हुँदा पनि सरकार उदासीन

काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ। पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो।

पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा एक जनाको मृत्यु भएको छ। यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिनअनुसार नेपालमा डेंगुका कारण १५ जनाको मृत्यु भएको छ भने २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका छन् । नेपालको ७६ जिल्लामा डेंगु फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला, बालाजु, चाबहिल, कलंकीलगायतका क्षेत्रमा डेंगु बढ्दो छ । सरकारले भने डेँगु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि प्रचार गरेअनुसार डेंगु नियन्त्रणका लागि खासै काम गर्न नसकेको विज्ञहरूको ठम्याइ छ । यसै गरी देशभरमा विभिन्न स्थानीय तहहरू पनि आफ्नो क्षेत्रमा बढेको डेंगु नियन्त्रण गर्न असफल देखिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्छन्– ‘डेंगुको संक्रमण असार साउनमा धरानमा देखिएजस्तो अवस्था अहिले छैन तर जोखिम भने कम भएको छैन र डेंगुको संक्रमण काठमाडौंमा देखिरहेको छ।’

उनका अनुसार काठमाडौंका टेकु, त्रिपुरेश्वर, स्वयम्भू, बालाजुमा छिटपुट प्रभाव परे पनि तुलनात्मक रूपमा पहिला जस्तो छैन। मनसुनसँग डेंगुको संक्रमण देशव्यापी रूपमा फैलिरहेको छ।

काठमाडौंबाहेक, चितवन, वुटवलमा मनसुन सकिनासाथै देखिएको छ । स्थानीय लामखुट्टे वृद्धिविकास भएका ठाउँमा डेंगु संक्रमितको संख्या देखिएका छन् । डेंगु बेमौसमी पानी पर्दा पनि फैलन सक्छ । यही अवस्था रही रहेमा तिहारपछिबाट विस्तारै आफैं हटेर जाने तर निर्मूल भने नहुने पुनले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।





Comments

comments

85463