Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संबिधान जारी गर्ने बेलामा राष्ट्रपति र सभाध्यक्षबीच ‘इगो’को लडाईं

संविधान जारी गर्ने तिथि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्शबिना एकतर्फ रुपमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक गरेपछि यादव र नेम्वाङबीच ‘इगो’ को लडाइँ छरप्रष्ट भएको छ।

मंगलबार राष्ट्रपति यादवलाई संविधान जारी हुने समारोहमा उपस्थितिका लागि निम्त्याउन शीतलनिवास पुगेका सभाध्यक्ष नेम्वाङले राष्ट्रपतिको अप्रसन्नताको स्पष्ट झलक पाए जब राष्ट्रपतिले म मेरो सुविधाबारे खबर गर्नेछु भनी भेटघाटलाई छोट्याए।

नेम्वाङले एक दिनअघि नै आइतबार पाँच बजे संविधान जारी हुने अनौपचारिक घोषणा सञ्चारकर्मीसँग गरिसकेका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। यो तिथि तय गर्नेमा राष्ट्रपतिसँग परामर्श गरिएको थिएन। अन्तरिम संविधानमा संविधान सभाध्यक्षको प्रमाणीकरणपछि राष्ट्रपतिको उपस्थितिमा जारी हुनेछ भनिएको छ।

राष्ट्रपतिको व्यवहारबाट क्षुब्ध र आक्रोसित नेम्वाङले प्रधानमन्त्रीसमक्ष गई गुनासो पोखेका थिए। राष्ट्रपतिलाई सम्झाउने प्रधानमन्त्रीको आश्वासनपछि केही समय प्रतिक्षा गरेका नेम्वाङका फेरि त्यसबेला असहज परिस्थिति बन्न पुग्यो।





Comments

comments

Leave a Reply

8651