Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भतिजीसंग अबैध सम्बन्धपछि पाएको बच्चाको हत्या

काठमाडौं: नाताले भतिजी पर्ने खोटाङकी एक युवतीसँग शारीरिक सम्पर्क भएपछि जन्मिएको बच्चा मारेको अभियोगमा प्रहरीले कोटेश्वर बस्ने हीराधन राईलाई पक्राउ गरेको छ।

खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए। उनीहरूबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्कसमेत भयो। गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए।

युवतीले बच्चा जन्म दिइन्। दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएकी ती युवती काममा जान्थिन्। आइतबार पनि बच्चा राईको जिम्मा लगाएर युवती काममा गईन्। अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।

साँझ घर फर्कंदा छोरा घाइते अवस्थामा देखेर राईलाई सोध्दा सुटकेसबाट लडेर घाइते भएको जबाफ दिए। उपचारका लागि दुईवर्षे बालकलाई मीनभवनस्थित सिभिल अस्पताल लगिए पनि सिभिलले वीर अस्पतालमा उपचारका लागि रिफर गर्‍यो।

उपचारकै क्रममा बालकको मृत्यु भयो। युवतीले बालकको अस्वभाविक मृत्यु नभएर हत्या भएको किटानी जाहेरी दिइन्।





Comments

comments

Leave a Reply

8653