Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखराको चोक चोकमा तमुवान झण्डा फहरायो

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३० भदौ। नयाँ संविधानमा तमुलगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित, पहिचानसहित तमुवान प्रदेश घोषणा, धर्म निरपेक्षता कायम, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, बहुभाषिक नीति, पहिचान र अस्तित्वको सुनिश्चितता हुनुपर्ने लगायतका मागसहित आन्दोलित तमुवान संयुक्त संघर्ष समितिको दोश्रो चरणको आन्दोलन अन्तर्गत तमुवानको राजधानी पोखराको चोक चोकमा बुधवार तमुवानको झण्डा गाडेको छ।

मंगलवार पोखरा ९ स्थित तमु धिं नेपालको कार्यलयबाट फहराउन गरिएको तमुवानको झण्डा बुधवार पोखरा १७ स्थित तमु ह्युल चोक विरौटाबाट सार्वजनिक स्थलमा गाड्न शुरु गरिएको हो।

चोक चोकमा झण्डा फहराउने अभियानको शुभारम्भको क्रममा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले सम्बोधन गर्नुहुदै तमु जातीय अधिकार, पहिचान र अस्तित्वको सम्मान नहुने संविभान आफूहरुले स्वीकार नगर्ने चेतावनी दिनुभयो। विगतदेखि विभेदमा पारिएका महसुस गरेका बहुसंख्यक जनतालाई बाहिर राखेर केही दलका मुठ्ठीभर नेताका हठले अधिकारविहिन संविधान जारी गराउने षडयन्त्र भइरहेकाले अधिकारविहीन संविधानको संघर्ष समितिले एक शब्द पनि स्वीकार नगर्ने चेतावनी दिनुभयो। पहिचानविहिन संविधान जवरजस्त जारी गरेर चारदलका नेताहरुले देशमा युद्ध निम्त्याएको ठोकुवा गर्नुभयो।

झण्डा गाड्ने अभियान अन्तर्गत चोक चोकमा तमुवान प्रदेश घोषणा गर, पहिचानविहिन संविधान जलाउछौं, तमुवानको अधिकार सुनिश्चित गर लगायतका नारा लगाएका थिए। झण्डा गाड्नका लागि तमुवानी आन्दोलनका नेता कार्यकर्ताहरु बृहत सहभागिता रहेको थियो।

तमु ह्युल चोकबाट शुरु भएको अभियान मोटर साईकल र्यालीसहित लखनचोक, जिरो किमीस्थित योगेन्द्र चोक, हरिप्रसादचोक, लामाचौर चोक, के आई सिंह पुल, विपीचोक चिप्लेढुंगा, भिमसेनचोक महेन्द्रपुल हुदै अमरसिंह चोकमा तमुवानको झण्डा गाडिएको थियो।

यसरी नै तमुवानको झण्डा गाँड्ने अभियान अन्तर्गत लेखनाथस्थित ङ्योए तमु धिंबाट लेखनाथमा अभियान शुरु गरी चोक चोक र समाजघरहरुमा तमुवान झण्डा गाडिएको थियो। अभियान अन्तर्गत मंगलवार र बुधवार विभिन्न क्षेत्रका घर घरमा झण्डा गाड्ने कार्य भईरहेको संयोजक गुरुङले जानकारी दिनुभयो।

यसैविच आन्दोलनको कार्यक्रम भदौ ३१ गते विहीवार तमुवानको राजधानी पोखरास्थित जिल्ला प्रसासन कार्यलय कास्कीमा बिहान १० बजेदेखि १२ गतेसम्म २ घण्टा धर्ना दिने, असोज १ गते पहिचानको अधिकार, तमुवान विहिनको संविधान ल्याउन खोज्नेहरुलाई सिस्नुपानी लगाउन सिस्नुपानी जुलुस गर्ने बताइएको छ।

यसरी नै असोज २ गते तमुवान विहिन, पहिचान विहिन संविधान ल्याउन खोज्नेहरु र पहिचान विहिन संविधानको शवयात्रासहित अत्येष्टिका गर्ने, असोज ३ गते भिमसेनचोकमा अर्ध नग्न बाटोमा सुत्दै १ घण्टा चक्का जाम गर्ने, बेलुका मसाल जुलुस गर्ने र आफ्ना माग सुनुवाई नभए असोज ४ गते तमुवान प्रदेश बन्द गर्न बाध्य हुने संयोजक गुरुङले बताउनुभयो।





Comments

comments

Leave a Reply

8670