एनआरएनद्वारा नयाँ संबिधानको स्वागत

बधाई तथा शुभकामना !!

नेपाली जनताको ६५ बर्षदेखिको सपना साकार पार्दै संविधानसभाले ‘नेपालको संविधान–२०७२’ पारित गरेकोमा हामी संसारभर रहेका गैरआवासीय नेपालीहरु हर्षित छौं।

यो ऐतिहासिक खुसीको क्षणमा हामी सम्पूर्ण नेपाली जनतामा हार्दिक बधाई ज्ञापन गर्दै मुलुकको सम्बृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

नयाँ संविधान जारी भएसंगै अब मुलुकले राजनीतिक स्थितरता पाउने र आर्थिक सम्बृद्धिको युग सुरुवात हुने हामीले बिश्वास लिएका छौं । मातृभूमीको सम्बृद्धिमा योगदान दिन बिदेशमा सिकेको सीप र पूँजी भित्राएर लगानी गर्ने हाम्रो झण्डै एक दशकदेखि अथक प्रयासले पनि अब सार्थकता पाउने हाम्रो विश्वास छ।

गैरआवासीय नेपालीले लामो समयदेखि माग गर्दै आएको ‘नेपाली नागरिकताको निरन्तरता’को मागलाई सम्बोधन गर्दै नयाँ संविधानले गैरआवासीय नेपाली नागरिकताको प्राबधान पारित गर्नु हाम्रा लागि अर्को खुसीको बिषय हो । यसका लागि म सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई हार्दिक बधाई ज्ञापन गर्दै यसलाई साकार पार्न योगदान गर्नुहुने गैरआवासीय नेपाली अभियन्ताहरु, सभासदज्यूहरु, राजनीतिक नेतृत्व एवं सम्पूर्ण सहयोगीहरुमा हार्दिक आभार प्रकट गर्दछु।

हाम्रो चाहना बमोजिम नेपाल सरकारले नागरिकताको ब्यबस्था गरिसकेको अबस्थामा अब हामीले हाम्रा वाचा पुरा गर्ने र नेपालमा सीप र ज्ञानको लगानी बढाउने दायित्व हाम्रो काँधमा आएको म सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई स्मरण गराउन चाहान्छु ।

अन्तमा, नेपाली जनताको करिव ६ दशक लामो सपना पुरा गर्न आफ्नो ज्यानको आहुति दिने, लामो समयसम्म राजनीतिक संर्घष गरी यसलाई सफल तुल्याउन योगदान गर्नुहुने सवैप्रति गैरआवासीय नेपाली संघ हार्दिक सम्मान ब्यक्त गर्दछ।

नयाँ संविधान जारी हुने दिन नेपालको इतिहासमा नयाँ बिहानी सावित होस्, यसले मुलुकमा स्थायित्व र सम्बृद्धिको ढोका खोलोस् भनी हामी हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

शेष घले
अध्यक्ष
अन्तर्राष्ट्रिय समन्वयपरिषद,
गैरआवासीय नेपाली संघ ।
मिति : २०७२।५।३१





Comments

comments

Leave a Reply

8681