Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सेवारो सार्वजनिक

शिव मुखिया / एचकेनेपाल डट कम –
गायक सञ्जय तुम्रोकद्वारा स्वरवद्ध गीतिसंग्रह ‘सेवारो’ आज विहिवार सार्वजनिक गरिएको छ। गायक राजेशपायल राई, संगीतकार राजु सिंह र साप्ताहिकका सम्पादक सुवास ढकालले संयुक्त रुपमा ‘सेवारो’ लोकापर्ण गरेका हुन्। गायक तुम्रोकको यो तेस्रो सोलो एल्वम हो। उनले यसअघि ‘सुर’ र ‘नौलो कथा’ वजारमा ल्याइसकेका छन्।

गीतिसंग्रहको शीर्षक ‘सेवारो’ लिम्वु भाषावाट राखिएको हो, जसको अर्थ ‘नमस्कार’ भन्ने हुन्छ। सेवारो सेवारो, तिमी विना, मेरो माया, तेल विनाको, सेतो हिमाल जस्ता आधुनिक तथा राष्ट्रिय भावका पाँच वटा गीत यसमा संग्रहित छन्। सवै गीतलाई श्रव्यदृश्यमा पनि उतारिएको छ । यसमध्ये तीन वटा गीतको म्युजिक भिडियो कमल एक्चै मगरले निर्देशन गरेका छन् भने, वाँकी रायन आले र राज केसीको निर्देशनमा तयार भएको छ।

‘सेवारो’का लागि डिपी खनाल, लोकेन्द्र लेखक, मीनसागर लामा र फणिन्द्र राईले गीत लेखेका छन् भने धनु ज्ञाङ्मी मगर, ओमप्रकास राई र रुपक चौधरीले संगीत दिएका छन् । यस गीति संग्रहलाई पर्फमिङ आर्ट क्रिएसनले वजारमा ल्याएको हो।

वि.सं. २०३८ साल चैत्र २१ गते जन्मिएका सञ्जय पूर्णकालिन संगीतमा लागेका छन्। उनी महेन्द्र पुलिस क्लव अन्तर्गत संगीत विभागमा कार्यरत छन्। यसैगरी हरेक रात दरवारमार्गस्थित मालिङ्गो रेष्ट्रो गजल एन्ड वारमा संगीत पस्किइरहेका हुन्छन्। उनको प्रथम रेकर्डेड गीत ‘नभुलौ है प्राण भन्दा प्यार राजा रानीलाई’ हो जसको शब्द/संगीत–खगेन्द्र सिटौलाले गरेका थिए।

उनले २०६३ मा प्रथम पूर्वाञ्चल आइडलको उपाधि जितेका थिए । त्यस्तै, सोहि वर्ष अधिराज्यव्यापी रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा शिव परियारको संगीत र नीर भीमको शब्दमा तयार भएको गीत ‘धमिरा लाग्यो धुरीको वलो’ गीत गाएर प्रथम स्थान हासिल गरेका थिए।

सञ्जयले मृगतृष्णा, पल्टन, देवयानी, सोभाग्य, सम्वन्ध, सिन्दुर, सितको थोपा जस्ता थुप्रै चलचित्रका गीतमा स्वर दिइसकेका छन्। अन्य फुटकर एल्वमहरुमा पनि उनको गीत सुन्न सकिन्छ।





Comments

comments

Leave a Reply

8683