गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो

गाजा । एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजरायली हमलामा ज्यान गुमाउनेको संख्या ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ पुगेको प्यालेस्टाइनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

-

मन्त्रालयले हमलामा मारिनेमा ४५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार ७१४ जना घाइते भएका छन्।

यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएको जनाएको थियो।

रासस/एएफपी





Comments

comments

86948