BDA कोलोराडो च्याप्टर गठन

नातिबाबु भट्ट –

कोलोराडो अमेरिका। बल्ड डोनर्स अफ अमेरीका कोलोराडो च्यप्टरको अध्यक्षमा डा. शारदा काफ्ले त्रिपाठी चयन भएकी छिन्।

संस्थाको केन्दिय अध्यक्ष भुषणलाल श्रेष्ठको उपस्थितिमा डा. शारदाको अध्यक्षतामा ११ सदस्यीय BDA कोलोराडो च्याप्टर तदर्थ समिति गठन गरिएको हो।

गत जुलाई २१ र २२ तारिख बाल्टिमोरमा सम्पन्न भएको BDA अमेरीकाको चौथो राष्ट्रिय अधिबेशनबाट संशोधित बिधान अनुसार च्याप्टर कमिटी रहने गरी कार्यसमिति चयन गरिएको संस्थाका केन्द्रिय उपाध्यक्ष्य टीका पौडेलले बताएका छन्।

यसरी चयन भएका अन्य पदाधिकारीहरूमा क्रमश, उपाध्यक्ष शर्मिला शर्मा, सचिब संजय शाक्य र कोषाध्यक्षमा श्यामला शिवाकोटी रहेका छन् । त्यसैगरी संस्थाको बोर्ड सदस्यहरूमा कोपिला ढुङ्गाना, सलीना अमात्य , चिरन्जिबी लम्साल , सुरेशचन्द्र प्रधान , तेजप्रसाद ढकाल ,फणिन्द्र छेत्री र श्रीराम लुइँटेल रहेका छन्।

अमेरिकामा रक्तदान जीवनदान भन्ने मान्यतालाई सार्थक रूप दिन नेपालीहरूको सक्रियतामा सन् २००९ मा स्थापित यस संस्थाको कोलोराडो लगायत २२ स्टेटमा च्याप्टर गठन भइसकेको छ।





Comments

comments

87124