‘नइ उपकार कोष’को स्थापना

नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ।

यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपियाँ अक्षयकोष राखिएको छ।

साथै ‘नइ उपकार कोष’लाई बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले दाताहरूसँग आह्वान गरेको छ। ‘नइ उपकार कोष’को अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरूको नामावली नइको फेसबुक र वेभसाइटमा राखिनाका साथै हर साल ‘नइ अभिलेख’मा समेत प्रकाशित हुनेछ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो।





Comments

comments

87128