चिनियाँ राष्ट्रपतिले भने- ‘सहयोग गर्न तयार छौं’

#BackOffIndia
उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय राउन्ड टेवल साउथ साउथ को अपरेसनका अवसरमा उक्त भेट भएको समाचार कान्तिपुर दैनिकले छापेको छ।

राष्ट्रपति सीले मन्त्री सिंहसँग भूकम्पपछिको पूनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए। नेपाली प्रमण्डलका एक सदस्यले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै भने, ‘नेपाली जनताको चाहनाअनुरूप चीन सधैं नेपालको आर्थिक विकासमा सहयोग गर्न चाहन्छ।’ उनले अब नेपाललाई आर्थिक विकासमा केन्द्रित रहन पनि सल्लाह दिएका थिए।

नाकाबन्दी लगाउने भारतको संकेतपछि व्यापक आलोचना
@gajurel_jwala
अब चाईनिज भैयाले बनाको चट्पटे खाईच😎
त्यो पनि चपस्टिकले😎
के ठान्या छस् मोदी तुईले?😎
‪#‎BackOffIndia‬

@007Phreek
Boyfriend ले आफ्नो girlfriend को तेति चासो राख्दैन होला जति India ले Nepal को राख्छ! #BackOffIndia

@G00C00l_raja
माँ कसम लिपुलेक हाम्रै हो
दार्चुलाको पश्चिम भेग हाम्रै हो
नपत्याए हेर न पश्चिम काँगडामा
कसल्लामै लेखिएको दस्ताबेज हाम्रै हो
#BackOffIndia

@lyrics_jiwan
मरिचमानले भारतिय नाकाहरु बन्द हुँदापनि नेपाली जनतालाइ खान पुर्याएका थिए। हामी गोर्खाली हौं र हाम्रो स्वाभिमान डगमगाउनु हुँदैन।
#BackOffIndia

@Princessadh1
हाम्रा खेतबाट बगेका पानी तिन्ले लगाउने हुन।
हाम्राबाट रु१६०लगेर तिनिहरुले१००रुप्पे पार्ने हुन।
तेल,नुनले मात्रै छिमेकी हुदैन।
#BackOffIndia

यसरी पोखिए सामाजिक सञ्जालमा भारतविरोधी अभिब्यक्ति





Comments

comments

Leave a Reply

8752