Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राष्ट्रकविको निवासमा जन्मोत्सव

राजेश शाह/ एचकेनेपाल डट कम –
काठमाडौँ। राष्ट्रकवि माधव घिमिरेको ९७ औँ जन्मोत्सव राष्ट्रकविको निवासमा मनाईएको छ।

नेपाली साहित्य विकास परिषद् यूके र यसको नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार भर्खरै नयाँ परम्पराको थालनी गरेर विशेष र नयाँ किसिमले मनाइएको हो।

बेलायतबाट आउनुभएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजंग शाहका साथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुलीसहित कार्यसमितिका पदाधिकारीहरू अध्यक्ष साहित्यकार इल्या भट्टराई, महासचिव पत्रकार हरिशरण लामिछाने, कोषाध्यक्ष साहित्यकार मुक्ति घिमिरे, समालोक डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार पत्रकार जयदेव भट्टराई, साहित्यकार ललिता दोषी, साहित्यसेवी राजेशजंग शाह आदिको साहित्यिक भेलाले राष्ट्रकविको निवासमा गएर राष्ट्रकविलाई फूलमाला, फल र सगुन दिई शुभकामना अर्पण गरेर दीर्घायुको कामना गर्यो।

उक्त अवसरमा उठेका साहित्यिक प्रश्नको राष्ट्रकविले प्रफुल्ल मुद्रामा उत्तर दिँदै भेलाले उहाँप्रति देखाएको सम्मानका लागि धन्यवाद दिनु भएको थियो। साहित्यकारहरूसँग बिचारको आदान–प्रदान गर्दै उहाँले आफूबाट लेख्दै गरेको महाकाव्य अर्को जन्मदिनसम्ममा बाहिर आउनेछ भन्नुभयो। भेलाले उहाँको साहित्यिक सङ्ग्रहालय अवलोकन गरी उहाँप्रति सम्मान अर्पण गरेको थियो।





Comments

comments

Leave a Reply

8844