नेपाली खेलाडीलाई अमेरिकामा स्वर्ण पदक

वियज थापा / एचकेनेपाल डट कम –
नेपाल सितोरियु करातेका अमेरिका निबासी खेलाडी उज्ज्वल ठकुरीले सेप्टेम्बर २६ तारिख शनिबारका दिन पेन्सलभेनिया राज्यको अल्तोनसहरमा सम्पन्न “PMAA FALL BRAWL FOUR, WARRIORS UNITED CIRCUT GAME” मा ३५ देखि ४४ बर्षको उमेर समूहको २ मिनेट पोइन्ट फाइटमा ५-१ ले प्रतिद्वन्द्वी खेलाडीलाई फाइनल खेलमा पराजित गरि पूनः स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

यसअघि, ठकुरीले बाल्टिमोर, पेन्सलभेनिया न्युजर्सीमा सम्पन्न खेलमा ३ स्वर्ण, एक रजत र एक काश्य पदक हात पारिसकेका छन्।

उनले नेपाल आमाको नाम उच्च राख्दै खेल प्रतियोगितामा विजयी भई नेपालको झण्डा छातिमा राख्न पाउँदा असिम खुसि प्राप्त भएको बताए।

खेलाडी ठकुरीले नेपालको झन्डा फरफराउन प्रेरणा र झन्डा उपलब्ध गराउने रबि सिंह गुरुङ, राजनीतिक चिन्तन मात्र नगरी खेलकुदप्रति उत्तिकै प्रेरणादायी भूमिका निर्बाह गर्दै खेलमा उपस्थिति भै आफूलाई हौसला प्रदान गर्ने अभिभावक तथा डिसी महानगर क्षेत्रमा लामो समयदेखि बस्दै आएका विश्वबन्धु प्रसाईप्रति आभार ब्यक्त गरे।

प्रत्येक खेलमा प्रोत्साहन गर्ने परममित्र कराते खेलका मित्रहरु सरोज भट्टराई र नारायण राणालाई पनि आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै अगाडि बढ्ने कोशिस गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे।





Comments

comments

Leave a Reply

8846