Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
विदेशी पर्यटकले मनाए दसैं – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

विदेशी पर्यटकले मनाए दसैं

चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैं मनाएका छन्।

हिन्दुहरूको विशेष चाड बडादसैंमा नेपाली संस्कृतिका बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैं मनाएका हुन्।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी) ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए।

उनीहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दंग देखिन्थे।

नेदरल्यान्ड्सदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविड राइट दसैं मनाउन पाउँदा निकै खुसी देखिन्थे।

‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ। तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैं मनाएको छु। धन्यवाद नेपाली,’ उनले भने।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित थिए। उनले आगामी वर्ष पनि नेपाल आएर दसैं मनाउने बताउनुभयो।

‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,’ माइकाले भने।

सौराहामा यति बेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दसैं मनाउने परम्परा बनाएका छन्।

हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरूको मुख्य उद्देश्यल रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए।

‘हामीले विगतमा पनि यसरी पर्यटकलाई दसैंमा सँगै राखेर मनाएका थियौं,’ उनले भने, ‘हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुंगा सावित हुनेछ।’

नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ।

दसैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको संख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैंडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैं-तिहार लगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्।

रासस





Comments

comments

87810