Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वेस्टन शैलीमा उदाउंदै बीना

आरपी सहयात्री/ एचकेनेपाल डट कम –
काठमाडौं । नेपाली संगीतमा नयाँ आयाम कोर्ने अभिलाषासहित बीना लामिछाने (मगर) वेस्टन शैलीको रक गीतका साथ सांगीतिक क्षेत्रमा देखा पर्न लागेकी छिन्।

आजभन्दा ४ वर्षअघि आयो झरी… बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी बीनाले यही दसैंअघि रातो टीका.. बोलको नयाँ शैलीको गीत बजारमा ल्याउँदै छिन्। पश्चिमी रकिङ शैलीको उक्त गीत नेपाली संगीत पारखीहरुका लागि दसैंको कोसेली स्वरुप सार्वजनिक गर्न लागेको बीनाले बताएकी छिन्।

रातो टीका निधारमा हातमा चुरा
राम्री छु भन्छन् सबले गर्छन् मेरै कुरा
आइदेऊन मेरो छेउमा लाइलेऊ चोखो पिरती
बिताउन चाहन्छु म तिमीसँग सारा जिन्दगी

मौलिक नेपाली शब्दलाई वेस्टन रकिङ शैलीमा गाएर नेपाली संगीतमा नवीन प्रयोग गरेको गायिका लामिछानेले बताएकी छिन्। यो गीतले नेपाली सागीतमा नयाँ बाटो कोर्ने कलानिधी संगीत महाविद्यालयमा संगीतको अध्ययन गरिरहेकी पौराइ, रौतहटकी गायिका लामिछानेले जानकारी दिइन्।

बाल्यकालमै गीतहरु भनेपछि हुरुक्कै हुने लामिछाने गीतसंगीतको नशाले काठमाडौंमा संघर्ष गरिरहेको बताउँछिन्। सुरुमा लोकगीतप्रति झुकाव राख्ने उनले संगीतको औपचारिक अध्ययन र निरन्तरको साधनाले सबै प्रकृतिका गीतहरु गाउने बताइन्। कविता, गीत र गजल लेखनमा रुचि राख्ने लामिछाने आफै शब्द रचना गर्छिन्, संगीत पनि भर्छिन् । त्यसो त गीतका शब्दलाई श्रृतिमधुरताका साथ स्वरमा ढाली गीतलाई जीवन्त र कर्णप्रिय पार्न आफू सिपालु रहेको बताउँछिन्।

आफ्नै शब्दमा डोरेमी स्टुडियोले म्युजिक एरेन्ज गरेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याउने गायिका लामिछानेले दाबी गरेकी छिन्। उक्त गीतको म्युजिक भिडियो पनि समन अधिकारीको निर्देशनमा बनिरहेको उनले बताइन्। गायिका बीना लामिछानेलाई सांगीतिक सफलताको अग्रिम शुभकामना।





Comments

comments

Leave a Reply

8835