Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१४ वर्षीया बालिकाको हत्या अभियोगमा काँग्रेस नेता पक्राउ

नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति राम महतोलाई प्रहरीले पक्रेको छ।

सुन्दरपुर ७ सिंहासनी घर भएका रामएकवाल यादवको १४ वर्षीया छोरी सविताकुमारी यादवको हत्यामा संलगन रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी बृत गौशाला काठमाडौंले गौशालाको एक लजबाट पक्राउ गरेको समाचार नागरिक दैनिकमा छ।

महतोलाई कर्तव्य ज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरेको र सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको एसपी शौरभ राणाले बताए। गाउँकै राम जानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सविताको इनारभित्र पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो।





Comments

comments

Leave a Reply

8851