Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय उडानहरु पनि प्रवाभित

काठमाडौं – इन्धन अभाव भएपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई नेपाल आयल निगमले मंगलबार अपराह्नदेखि तेल नदिने भएको छ।

अब उनीहरुले दिल्ली, लखनउ, ढाका र बैंकक विमानस्थलमा टेक्निकल ल्यान्डिङ गरी तेल भर्नेछन्। नेपालमा हाल २७ वटा एयरलाइन्सले दैनिक उडान भर्दै आएका छन्। कारोबार दैनिकमा समाचार छ।

भारतले नेपालमा पेट्रोलियम तथा उपभोग्य बस्तु पठाउन रोकेपछि निगमले अन्तर्राष्ट्रिय उडानका जहाजलाई मंगलबारदेखि इन्धन दिन नसक्ने जानकारी गराइसकेको थियो। नागरिक उड्डयन प्राधिकरणमार्फत उसले विदेशी एयरलाइन्सलाई उपयुक्त विकल्प खोज्न भनेको थियो।





Comments

comments

Leave a Reply

8855