यूवा संयोजकमा कृष्ण गिरीको उम्मेद्वारी घोषणा

आरपी सहयात्री ।
आगामी अक्टोबरमा १४ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैर आवासीय नेपाली संघको सातौं महाअधिवेशन तथा विश्व सम्मेलनमा यूवा संयोजकमा कृष्ण गिरीले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको यूवा उपसंयोजक पदमा रहेर वर्तमान कार्यसमितिमा विभिन्न कार्यक्रममा सहयात्रा गरेका गिरीले आपूmलाई उक्त पदमा निर्वाचित गराउन सबैसमक्ष अपिल गरेका छन् ।

एनआरएनएको हरेक गतिविधिमा कार्य गर्दै आएका गिरीले ’डलर १ कापी र कलम’,’एनआरएनए भवन निर्माण’, ’स्कील, नलेज एन्ड ईनोभेसन’ परियोजना’, ’एनआरएनए क्षेत्रीय तथा एनआरएन डे’ कार्यक्रम आयोजना लगायत आगामी कार्यकालमा अझ प्रभावकारी कामहरु गर्ने लक्ष्यका साथ युवा संयोजकको पदमा उम्मेदवारी दिएको गिरीले बताएका छन्।

बिगत ४ बर्षदेखि अष्ट्रेलियाको नेपाली समुदायमा ‘द नेपाली भिजन अष्ट्रेलिया’ मासिक पत्रिका तथा अनलाईन न्यूज पोर्टलको प्रकाशक तथा सम्पादन गर्दै अष्ट्रेलियाको नेपाली समुदायमा निरन्तर कार्यरत गिरी हाल एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य, आईटी संयोजक, सोसियल वेल्फेयर फन्ड निर्माण, एनआरएनए हेल्प डेस्क, सातौ एनआरएन क्षेत्रीय सम्मेलन तथा नेपाल फेस्टिभल जस्ता नेपाल र नेपालीलाई गौरव गराउने कार्यक्रम आयोजनाको मुख्य जिम्मेवारी सम्मालिरहेका छन्। उक्त कार्य तथा परियोजनालाई एनआरएनएको ७१ ओटै एनसीसीमा पुर्याउन, नेपाली समुदाय र एनआरएनएमा कार्य गरेको अनुभब र समयलाई सदुपयोग गर्दै संस्थाका माध्यमबाट नेपाल र नेपालीका लागि अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता सहित गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको यूवा संयोजकको पदमा आफ्नो उम्मेद्वारी दिएको उनले बताएका छन् ।
अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुने सातौं महाधिवेशन तथा बिश्व सम्मेलनमा विश्वभरिका एनआरएनकर्मीहरुको सहयोग प्राप्त गरी आगामी कार्यकाल १५–१७ का लागि यूवा संयोजक पदमा कम गर्ने अवसर प्राप्त हुनेछ भन्ने पूर्ण आशा, भरोषा र बिश्वासका साथ तपाईलाई अनुरोध गर्दछु भन्दै गिरीले एक विज्ञप्ति जारी गरेका छन्
आफू उक्त पदमा निर्वाचित भए बुँदागत रुपमा निम्न कामहरु सम्पादन गर्ने विज्ञप्तिमा जनाएका छन् ।
१) नेपाल, नेपाली र संघको सर्वोपरि हितमा काम गर्ने
२) यूवाहरुको संजाललाई प्रभावकारी रुपमा सबै एनसीसीमा बिस्तार गर्र्ने
३) प्रवासमा हुर्के बढेका बालबालिका तथा युवालाई एनआरएनएमा नेतृत्व बिकास गराउने
४) प्रवामा हुर्के बढेका बालबालिका तथा यूवालाई नेपाल र नेपालीसँग सम्बन्ध बिस्तार गराउने
५) रोजगारीका सिलसिलामा खाडीमुलुक पुगेका तथा अन्य देशमा प्रवासिएका यूवाहरुलाई सशक्तीकरण गर्दै पूँजी, सीप र विकासको वातावरण सिर्जना गर्ने
६) प्रवासमा रहेका यूवाहरुमा खेलकुदको बिकास गराउँदै ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउने ।
७) संघले अघि सारेका नीतिनिर्माण तथा परियोजनालाई प्रभावकारीरुपमा सफल पार्ने । यसरी बुँदागत प्रतिबद्धतासहित गिरीले आगामी कार्यकालका लागि युवा संयोजकको पदमा आफूलाई निर्वाचित गराइदिन संसारभरिका एनआरएनकर्मीहरुलाई आग्रह गरेका छन् ।





Comments

comments

Leave a Reply

8858