Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमालेका दुई मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री

काठमाडौं – अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

शुक्रबार सुरु हुने संसद् अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले २ दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र उर्जा मन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका हुन्।

अख्तियारले भ्रष्टचारको आरोपमा एमालेको दुई मन्त्रीलाई पदीय कारबाहीको सिफारिस गरेकाले मन्त्री फिर्ता गर्न प्रधानमन्त्रीले एमाले अध्यक्षलाई आग्रह गर्नुभएको छ, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, एमालेले फिर्ता नगरे आफू ती मन्त्रीलाई बर्खास्त गर्न बाध्य हुने प्रधानमन्त्रीले जानकारी गराउनु भएको छ।

खेलकुद मन्त्री पौडेल र उर्जामन्त्री ज्ञवालीले पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै एक महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न मन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र काटेको समाचार अन्नपूर्णपोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

8870