Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अघोषित नाकाबन्दीबाट एनआरएन दुखित

प्रेस विज्ञप्ति

बैशाख १२ को विनाशकारी भूकम्पको आलो घाउबाट तंग्रिन पुननिर्माण र नवनिर्माणको चरणमा प्रवेश गर्न तयारी भैरहेको र जनताका प्रतिनिधिबाट आफनो संविधान आफै लेख्ने झण्डै ६५ बर्षदेखि को लामो सपना र विगत आठ बर्षको अथक प्रयासबाट सफल हुन सकेको छ। नयाँ संविधानको घोषणा हुनु सबैका लागि हर्षको विषय हो। संविधान देशको आर्थिक विकासका लागि जग हाल्ने एउटा कोशेढुङ्गा हुने विश्वास गरिएको छ।

सदा झै यस पटक पनि हामी गैरआवासीय नेपालीहरु विश्व सम्मेलन आयोजना गर्न विश्वका विभिन्न ७१ देशबाट यहि असोज महिनामा नेपालीको महान चाड दशैको मुखमा र संविधान जारी भएको अवसरमा बडो उत्साहपूर्वक मातृभुमिमा आउँदैछौ।

नयाँ संविधानको घोषणासँगै नेपालमा असहज परिस्थितिको सिर्जना भई अत्यावश्यक दैनिक उपभोग्य बस्तुको नियमित आपूर्तिमा बाधा व्यवधान आई देशभरि नै र खास गरी दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने निम्न वर्गीय समुदायमा प्रत्यक्ष प्रभाव पर्न गएकोमा हामी गैरआवासीय नेपालीहरु मर्माहत भएका छौं।

महान चाड दशैको पूर्वसन्ध्यामा भारतमा काम गर्ने लाखौ नेपालीहरु र नेपालमा काम गर्ने भारतियलाई असहज परिस्थितिमा आवतजावत गर्न नै कठिन भएको थाहा पाउँदा हामी अत्यन्तै दुखी भएका छौ।

वर्तमान असहज अवस्थालाई दृष्ट्रिगत गर्दै विश्वमा उदाहरणीय दौत्य सम्बन्ध कायम राख्दै आएका दुई छिमेकी मुलुकहरु नेपाल र भारतले इमान्दारीपूर्वक आपसी छलफल गरि हालको जटिलतालाई यथासम्भव सम्बोधन गरि सामान्य परिस्थितिमा रुपान्तरण मार्फत देशको आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुने वातावरण निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न सम्बन्धित सबैमा हार्दिक आव्हान गर्दछु।

धन्यवाद। 


शेष घले

अध्यक्ष 
गैरआवसीय नेपाली संघ
२०७२ असोज १२





Comments

comments

Leave a Reply

8872