गाजामा रहेका सात हजार विदेशीलाई इजिप्ट ल्याउने तयारी

काएरो । इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ।

इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो।

इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकहरूको प्रस्थानमा सहयोग पुर्याउन इजिप्टले गरिरहेको प्रयासबारे ब्रिफिङ गरेका थिए।

गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकलाई सङ्केत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताए।

इजिप्ट र प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र सीमा नाका राफामा हालै इजरायलले गाजामा गरेको घेराबन्दी सुरु भएयता पहिलो पटक बुधबार सयौँ विदेशी राहदानीधारी र दसौँ घाइते प्यालेस्टिनीलाई गाजाबाट इजिप्टका अस्पतालमा उपचार गर्न ल्याइएको छ।

इजिप्टले १० लाखभन्दा बढी गाजावासीलाई दक्षिणतर्फ स्थानान्तरण गर्न दबाब दिने इजरायलको प्रयासको आलोचना गर्दै आएको छ र यसअघि राफा सीमा नाका हुँदै देशको सिनाई प्रायद्वीपमा प्यालेस्टिनी शरणार्थीहरूको आगमनलाई अस्वीकार गरेको दोहोर्याएको छ।

(रासस/एएफपी)

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

88811