अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

काठमाडौं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ। गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुन्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन्।

गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रुपैयाँ लागतमा लाओस पुन्याइने भनिएको थियो।

‘६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए । एजेन्टले वैधानिक तवरले नै लाओस लैजाने विश्वास दिलाएका थिए । लाओस पुगेपछि मात्र थाहा भयो, हामी त चक्नाचुर भएका रहेछौं भन्ने कुरा,’उनले भने।

‘लाओस जान काठमाडौँमा मागअनुसार पैसा र राहदानी एजेन्टको हातमा बुझाएका थियौं,’ उनले भने, ‘पैसा र राहदानी बुझाएको केही दिनमा नै हामी पाँचैजनालाई अंग्रेजी भाषामा पालैपालो चिनियाँ एक नागरिकले ठमेलमा अन्तर्वार्ता लिए। एजेन्टले सामाजिक सञ्जालमार्फत हामीहरू पास भएको खबर दिएपछि धेरै खुसी भयौं । तर त्यो खुसी धेरै दिनलाई रहेनछ।’

उनका अनुसार एजेन्टले लाओस पुन्याउन प्रतिव्यक्ति ६० हजार रुपैयाँ लिएका थिए र बाटो खर्च छुट्टै बोक्न भनेका थिए । यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

88853