Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङेली गायक तथा गीतकार पीएस लिम्बूको ‘इच्छा २’ विमोचित

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौं, हङकङ निबासी गायक तथा गीतकार पीएस लिम्बूले पहिलो गीति एल्बम “इच्छा १” को सफलतापछि आफ्ना दर्शक श्रोतामाझ दोश्रो एल्बम “इच्छा २” लिएर आएका छन्।

बिएफबिएस गोर्खा रेडियो काठमाडौंको प्रत्यक्ष प्रसारण रेडियो कार्यक्रम स्वर्णिम संगममार्फत बुधवार बरिष्ठ संगीतकार बुलु मुकारुङको हातबाट ‘इच्छा २’ बिमोचन गरिएको हो।

बिएफबिएस गोर्खा रेडियो काठमाडौँका स्टेसन म्यानेजर बिनोदध्वज खड्काको सभापतित्वमा प्रमुख अथिति बरिष्ठ संगीतकार बुलु मुकारुङ बिशिष्ट अतिथिहरु गायिका तारा लिम्बु, निशा देसार, संगीतकार यासेली योङहाङ, बब्रिम लिम्बु, मोडल रुपा आङबुहाङ, रशि लिम्बु र सञ्चारकर्मीहरुबीच विमोचन गरिएको हो।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरुले पिएस लिम्बुको रचाना तथा जादुमय स्वरलाई प्रशंसा गर्दै चाडै नै सांगीतिक फाट र देश बिदेशमामा बेग्लै पहिचान बनाउन सक्ने कुरामा बिस्वस्त पारेका थिए। उपस्थित सबै जनाले गायक लिम्बुलाई शुभकामना बधाई दिएका थिए।

“इच्छा २”’ एल्वमभित्र उत्कृष्ट पाँच वटा गीतहरु अचानक मन, तिमी खुसि छौ त, पछ्यौरी ल्हासिर, कम्याक नुबा, र ओतेरो ओतेरो गीतहरु समावेश छन्। जसमा दुईवटा नेपाली नेपाली भाषाको गीत दुईवटा लिम्बु भाषाको गीत र एक गुरुङ भाषाको गीत रहेको छ।

सवै गीतहरु थ्री जी साउण्ड इन्कले बजारमा ल्याएको हो। ‘इच्छा २’ एल्वममा रहेको गीतहरुमा गायक पीएस लिम्बु (पदम सिंह लिम्बु), गायिकाहरु निशा देसार, मनिका पाण्डे तथा माया गुरुङले स्वर दिएका छन्।

संगीतकार हरि लम्साल, शिखर सन्तोष, कृष्णकुमार गुरुङ, यासेली योङहाङ र बब्रिम लिम्बुले ‘इच्छा २’ एल्बम ’भित्र रहेका गीतहरुमा संगीत भरेका हुन्।

आफ्नो एल्वममा संग्रहित गीतहरुले स्रोताहरुको मन जित्ने विश्वास लिएका गायक तथा रचनाकार पी एस लिम्बुले ‘इच्छा २’ एल्बम नेपाली सांगीतिक आकाशमा सफल हुने बिश्वास लिनु साथै आफ्नो दोश्रो एल्बम भएकोले पहिले भएको कमिकमजोरीलाई सुधार गरिएको बताए। उनले एल्बमलाई मन पराइ कमेन्ट गरिदिन पनि आग्रह गरेका छन्।

एल्बममा एकदमै राम्रा गीत रहेको र श्रोताहरुको मन छुने कुरामा उनी बिश्वस्त छन्। पूर्व ब्रिटिश आर्मीसमेत रहेका गायक लिम्बुको पुर्ख्यौली थलो भने ताप्लेजुङ जिल्लाको फुङलिङ गाबिस हो।

बिमोचन कार्यक्रमको संयोजन तथा प्रत्यक्ष प्रसारण चर्चित उद्घोषक, संचारकर्मी मनोरंजन दुनियाको साथी रेडियो तथा टिभी प्रस्तोता एवं अभिनेता सरोज केसीले गरेका थिए।





Comments

comments

Leave a Reply

8890