एनआरएनए कोषाध्यक्षमा राजेन्द्र शिवाकोटीको उम्मेदवारी घोषणा

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाको क्यालिफोर्नियामा लामो समयदेखि बस्दै आएका पेशाले नै दर्तावाल लेखा परीक्षक राजेन्द्र शिवाकोटीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

काठमाडौँमा हुने विश्व सम्मेलन नजिकिदै गएको अवस्थामा कोषाध्यक्ष पदमा उम्मेदवार दिने क्रम बढ्दो छ। र उनी भन्छन् ८ बर्ष बैंक,१३ बर्ष लेखा, एनआरएन एनसीसी अमेरिकाको कोषाध्यक्ष हुदै आइसीसी सम्मको बटुलेको अनुभव आईसीसीको हितमा सदुपयोग गर्न सकिने भएकोले उक्त पदको लागि आफू योग्य ठानेकोले उम्मेदवारी दिएको बताए।

प्रतिस्प्रर्धा निकै कडा हुने अवस्था सिर्जना हुदै छ भन्ने सवालमा निर्वाचनको मैदानमा लड्ने मानसिकता राख्नेले यो कुराबाट भयभित हुन नहुने उनले बताए। चुनाबमा एउटाको जीत र अर्काको हार हुने बताउंदै बिगतमा आफूले झेलेको अनुभवले चुनाब सकिन साथ अध्याय समाप्त हुने बताए।

हारिने डरमा आफ्नो चिन्ता नरहेको बताउदै आफूले सबैसंग सल्लाह र परामर्श गरि उम्मेदवारी दिएको बताए। उनले निकै मेहनत गरिरहेको र अनुभवको मुल्यांकन एनआरएन अभियानमा होमिएका सबैले एक पटक घोत्लिनु पर्ने बताए।

‘मेरो उम्मेदवारीलाई सकारात्मक ग्रहण गर्दै बिजयी गराउन सहयोग गर्नु हुनेछ भन्ने विश्वास लागेको छ’- उनले भने।

चुस्त लेखा प्रणालीको विकास, सामुहिक नेतृत्व र संस्थापन विकास, व्यवस्थित बैदेशिक रोजगार, आत्मनिर्भरता र पारदर्शिता विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरण, मातृभूमि निर्माण, राजनीति प्रभावबाट मुक्त मुख्य मुद्धाहरु रहेको स्पस्ट धारणा शिवाकोटीले राखेका छन्।

संघको अन्तराष्ट्रिय परिषद सदस्य पदमा निर्वाचित भए लगत्तै संघको अमेरिका ब्यापी संगठन बिस्तार र अमेरिकामा देखिएको समस्याको पहिचान गरि कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका राजेन्द्र शिवाकोटी अमेरिकामा माझ विवादरहित नेताका रुपमा चिनिन्छन्।

प्रचारप्रसारमा निकै अगाडि पुगेको बताउने उनले सकारात्मक प्रतिक्रियाहरु आउन थालेपछि उनी निकै उत्साहित छन्।

किन उनलाई विजयी बनाउने त?

एनआरएनको कोषाध्यक्षमा हङकङबाट यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी घोषणा, हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

8894