काठमाडौं, गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।
भूकम्पबाट २०० भन्दा धेरै घाइते भएका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले दुई जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।