चीनले नेपालका भूकम्पपीडितलाई १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने

काठमाडौँ, चीनले नेपालको भूकम्पपीडितका लागि १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालका लागि चीनका राजदूत छन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित लगभग १० करोड नेपाली रुपियाँ बराबरको सामग्रीहरू प्रदान गरिने सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका हुन्।

उक्त सहयोग चीनको साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भले उपलब्ध गराउनेछ। यी सबै सामग्री एक दुई दिनमा आइपुग्नेछ। थप सहायताहरू बाटोमा छन्, सोङले भनेका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले दुई जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।





Comments

comments

89050