Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दीले कास्कीको जलविद्युत आयोजना पनि ठप्प

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
असोज, १५ पोखरा। पेट्रोलियम पदार्थ आयातमा भएको अवरोधले कास्कीको सिल्दुजुरेमा निर्माणाधिन अपरमादी जलविद्युत आयोजनाको निर्माणकार्य बन्द भएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

आयोजना निर्माणका लागि चाहिने पेट्रोलियम पदार्थ, सिमेन्ट, छडलगायतका सामाग्री आपूर्ति हुन नसकेपछि २५ मेगावाटको अपरमादी जलविद्युत आयोजनाको निर्माणकार्य ठप्प भएको हो। “आयोजना निर्माणका लागि दैनिक पाँच हजार लिटर पेट्रोलियम पदार्थ चाहिन्छ” आयोजनाका एसिस्टेन्ट प्रोजेक्ट कोर्डीनेटर राजकुमार बरालले भने “संचय गरेको पनि सकिएपछि निर्माणकार्य ठप्प भएको छ ६ सय कामदार त्यसै वसेका छन्।”

आयोजनाका लागि ल्याईएका सिमेन्ट, छड लगायतका सामाग्री वोकेका ट्रक पनि भन्सारमै रोकिएका छन्। “एक वर्ष अघिनै निर्माण सकिने भएपनि आयोजनामा गएको पहिरो र भूकम्पका कारण सुरुङमार्ग पुन निर्माण गर्नुपर्ने भएपछि ढिलाई भएको थियो अहिले फेरि निर्माण सामाग्री नआएपछि समस्या परेकोछ” आयोजनाका निर्देशक विजयवावु मल्लले वताए।

उनले भने “अहिले ८२ प्रतिशत काम पुरा भएको आयोजना एक वर्षभित्र सकिने लक्ष्य छ”। आयोजननामा वाँधको ९५ प्रतिशत काम सकिएको छ भने पावर हाउस निर्माणपछि टर्वाईन जोड्ने काम वाँकी छ। त्यस्तै ४ सय २ मिटर सुरुंग मार्ग खनिसकेर कंक्रिट लाईनिको काम थालिएको छ।

कास्कीकै सवैभन्दा ठूलो २५ मेगावाटको अपरमादी जलविद्युत आयोजना नेपाली र चाईना थ्री गर्जेजसँग आवद्व चाईना ईन्टरनेसनल वाटर इलेक्ट्रिक कर्पोरेशनको संयुक्त लगानीमा निर्माणधिन छ। तीन वर्षअघि शुरु गरिएको आयोजना करीव पाँच अर्व २८ करोड रुपैयाँमा निर्माण सकिने योजना थियो।

पहिरोले गरेको असर, निर्माण कार्यअवधि लम्विनु र डलरको मुल्य वढेपछि आयोजना सम्पन्न गर्न करीव ८ अर्व रुपैयाँ लाग्ने निर्देशक मल्लले वताए। आयोजनामा ३ सय चिनियाँ सहित ६ सय कामदार छन्।





Comments

comments

Leave a Reply

8915