Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दीमा साथ दिइरहेका थरुहट नेता दशगजाबाट पक्राउ

धनगढी, नेपाल–भारत सीमानाको दशगजामा धर्ना बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् ।

शुक्रबार बेलुका धनगढीस्थित कैलाली भन्सार नाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका धनगढी घर भएका केन्द्रीय कोषाध्यक्ष चौधरी, पहलमानपुर गाविस कोटाका शिव चौधरी र धनगढीका कुलराज डगौंरालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए।

भारतबाट आयातमा रोक लगाइनु पर्ने मागसहित दशगजा क्षेत्रमा धर्नामा बसेका तीनै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको डिएसपी खड्काले जानकारी दिए।

भारतबाट नाराबाजी गर्दै गौरीफन्टामा रहेको सीमा सुरक्षा बल एसएसबीको चेकपोष्ट नजिकै नाराजुलुस गरेपनि भारतीय सुरक्षाकर्मी मुकदर्शक बनेका थिए। नेपालतर्फको दशगजामा आएपछि चौधरीसहित तीन जनालाई प्रहरीले पक्रेको समाचार अन्नपूर्णपोष्टले छापेको छ।





Comments

comments

Leave a Reply

8917