Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘प्रेमिका’ मार्न पेस्तोल, पेट्रोल र खुकुरी (भिडियोसहित)

काठमाडौं – प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दोरहेछ भन्ने बैतडी, देउलेख ४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरिदिए।

प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनको घरमै पुगेर गोली हाने तर पेस्तोलले पनि उनलाई धोका दियो। लगत्तै खुकुरी प्रहार गर्न खोजे, तर समयमै प्रहरी पुगेकाले उनलाई प्रहरीले पक्राउ गर्यो। युवतीको ज्यान जोगियो। आजको नागरिक दैनिकमा खबर छ।

प्रहरीका अनुसार बिहीबार बेलुका बानेश्वर आलोकनगरस्थित एक घरमा भएको नाटकीय घटना झन्डै गम्भीर अपराधमा परिणत भयो।

कार्की त्यस घरका सदस्यसँग परिचित थिए। उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै ट्रिगर दबाए। पेस्तोलको पिनले छोए पनि प्राविधिक समस्याले गोली चलेन। पेस्तोलले काम नगरेपछि उनी झोलाबाट खुकुरी निकाल्ने प्रयास गर्दै थिए।

कार्कीको व्यवहार देख्नासाथ घर परिवारले प्रहरीलाई खबर गरे र तत्कालै आइपुगेको प्रहरीले उनलाई नियन्त्रणमा लियो।

हेर्नुहोस् भिडियो सोझो अनुहारका खतरानाक मान्छे

गर्लफ्रेण्डको हत्या गर्न खोज्ने युवक प्रहरी खोरमा

Posted by HKNepal.com on Saturday, 3 October 2015

…..





Comments

comments

Leave a Reply

8927