Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिहे गर्न नमानेपछि घरबेटीको छोराले पछ्याउँदै हत्या

बागलुङ जिल्लाको हुग्दीशिर ६ भाटीमा शव भेटिएकी तारा श्रीशलाई स्थानीय एक युवकले हत्या गरेको खुलेको छ। हत्या आरोपमा पक्राउ परेका इन्द्रबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालयले पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको छ।

इन्द्रले बिहे प्रस्ताव अस्वीकार गरेकाले ताराको हत्या गरेको स्वीकारेका छन्। पति छमबहादुर थापासँग सम्बन्ध अघि बढ्न नसकेपछि सर्वोदय उच्चमावि, बरेङकी शिक्षिका तारा हुग्दीशिर–६ स्थित रनबहादुर पुनको घरमा डेरा बसेकी थिइन्। सोही क्रममा घरबेटीका छोरा इन्द्रले उनलाई पछ्याउन थालेका थिए। नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार केही महिना पहिला मात्र उनी डेरा सरेकी थिइन्। त्यसपछि पछ्याउँदै इन्द्रले ताराको हत्या गरेको प्रहरीले जनाएको छ।

केही महिनापहिले मात्र उनी स्थानीय पतिक शर्माको घरमा डेरा सरेकी थिइन्। पतिकको मोबाइलमा गत असोज ४ गते ताराको मोबाइलबाट ‘दाइ म बिहे गरी गएँ, दुई–चार दिनमा आउँछु’ भन्ने मेसेज आएको थियो। त्यसको केही दिनमै उनको शव भेटिएपछि प्रहरीले उक्त मेसेज र ताराको फोन रेकर्डका आधारमा पछ्याउँदै जाँदा इन्द्रलाई पर्वतको फलेबासबाट पक्राउ गरेको हो। हत्यापछि ताराको मोबाइलबाट आफैंले मेसेज टाइप गरेर पतिकलाई पठाएको इन्द्रले बयान दिएका छन्।





Comments

comments

Leave a Reply

8935