नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं। उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताए। उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको छ। ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको छ। परराष्ट्र मन्त्रालयलाई समेत उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ। अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो।

उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै परराष्ट्र सल्लाहकार सापकोटाले अन्नपूर्णसँग भने, ‘दूतावास बन्द गर्ने निर्णयबाट म दुःखि छु। म आशा गर्छु उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने छ।’

परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्री प्रचण्ड र राजदूत जो योङ मेनबीच भएको छलफलमा सहभागी थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

89410