श्रीमती महतारालाई ‘नइ कपिल विद्यापदक’

नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार श्रीमती महताराले सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी हुम्ला जिल्लाबाट बाह्र कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २.९५ जीपीए ल्याएकी थिइन्।

‘नइ कपिल विद्यापदक’ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो।

छात्राहरूलाई मात्र प्रदान गरिने नइ विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनले लक्ष्य राखेको छ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

89502