कोलोराडोमा क्रियाशिल सबै संघ संस्थाहरुद्धारा भूकम्पपीडितलाई सहयोग गर्न अपिल गर्दै संयुक्त रूपमा गोफण्ड मी संचालन

नातीबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। मातृभूमि नेपालमा हालै गएको भूकम्पबाट पीडितलाई सहयोग जुटाउन कोलोराडोमा सबै नेपालीभाषीहरूको सक्रियतामा गोफण्ड मी खोलिएको छ।

कोलोराडोमा क्रियाशिल सबै संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, समाजसेवी, बुद्धिजीवी पत्रकार दाता सबैको भेलाले भूकम्पपीडितलाई यथासक्य सहयोग गर्न अपिल गर्दै संयुक्त रूपमा गोफण्ड मी संचालनमा ल्याइएको हो।

भेलाले संयुक्तरूपमा प्रकाशित गरेको अपिल यस प्रकार रहेको छ।

मातृभूमि नेपालको पश्चिम जाजरकोट जिल्ला केन्द्रविन्दु रही विशेष गरी जाजरकोट र रुकुम जिल्लामा गएको शक्तिशाली ६.४ रेक्टर स्केलको भूकम्पको कारणले ठूलो धनजनको क्षति भएको छ।

यस भूकम्पमा परी १५३ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् भने सैयौंको संख्यामा घाइते भएका छन् । त्यस क्षेत्रका धेरै परिवार घरबार बिहिन भएर चिसो आकाशमुनी रात बिताउन बाध्य भएका छन् भने थुप्रै परिवार खानेकुराको अभावमा परेका छन्।

आफ्नो मातृभूमिमा आइपरेको यो प्राकृतिक विपदबाट उत्पन्न पीडा हामी प्रवासमा रहेका नेपालीहरूलाई पनि उत्तिकै दुखेको छ । हामी यस भूकम्पमा परी ज्यान गुमाउनुहुने सबै दाजुभाइ दिदिबहिनीहरू परति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ।

संकटको यस घडीमा पीडित परिवारहरूलाई सक्दो राहत प्रदान गर्नु आफ्नो जन्मभूमिप्रतिको उत्तरदायित्व मात्र नभई मानवीय धर्म पनि हो । साथै यस प्रकारको सहयोग व्यक्ति वा संस्था एक्लै एक्लैले गर्नुभन्दा सामूहिक रुपमा गर्दा बढी प्रभावकारी हुने कुरा महशूस गर्दै कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको सहभागितामा आर्थिक सहयोग संकलन गरी पीडित परिवारहरूसम्म प्रभावकारी रुपमा पुर्याउन न्यँगलमःभ मार्फत साहयता रकम संकलन गर्ने निर्णय गरेका छौ ।

हामी कोलोराडो साथै विश्वको विभिन्न भूभागमा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूलाई आफूले सक्दो सहयोग गरी यस भूकम्पबाट आहत हुनुभएका नेपाली दाजुभाइ दिदिबहिनीहरूको आंसुपुछ्ने तथा उहाँहरूको घाऊमा मलम लगाउने यस अभियानमा सहभागी हुनुहुन हार्दिक अनुरोध गर्दछौ, भनिएको छ।

यसरी अपिल गर्ने संघ संस्थाहरू यस प्रकार रहेका छन् । नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएनए कोलोराडो च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, मगर संघ अमेरिका कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, तमु धि कोलोराडो , कोलोराडो नेवास् खल, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर, जाति भेद विरुद्ध विश्व लगायतका रहेका छन्।
https://www.gofundme.com/f/847a4w-support-victims-of-earthquake-survivors-in-nepal







Comments

comments

89507
%d bloggers like this: