Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मधेसी मोर्चामा खैलाबैला, बृजेशकुमार भक्कानिदै रोए

काठमाडौं – कपिलवस्तु ३ बाट प्रत्यक्ष निर्वाचित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी कार्यालय गए। अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिँदै पत्र बुझाए।

ठाकुर एकछिन त अकमक्क परे। किन राजीनामा दिनुभएको सोध्न मात्रै खोज्दै थिए, गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठामा छिरेर डाँको छाडे। अरु नेताहरुले सम्झाउने हिम्मतै गरेनन् । तमलोपा उच्च स्रोतका अनुसार अरु केही सांसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन्।

गत फागुनमा अनीलकुमार झासँग एकता गर्दै सहअध्यक्ष रहेकी सरिता गिरीले पनि नेपाल सद्भावना पार्टीको सम्पूर्ण पद त्यागेकी छन् । मधेस आन्दोलनमा २ महिनायता डटिरहेका जनताको आत्मसम्मानमा चोट पुगेको उनको निष्कर्ष छ। समाजवादी फोरम र तमलोपाभित्र पनि चर्काचर्की चलिरहेको दुवै दलनिकट स्रोतहरु बताउँछन्। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9059