अन्तर्राष्ट्रिय खेल मिलेमतोको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एएफसीले शुक्रबार आजीवन प्रतिबन्ध लगाएको छ।

एफसीको अनुशासन समितिले यस निर्णयसँगै उनीहरुको फुटबल गतिबिधीमा पूर्णविराम लागेको छ। प्रहरीद्वारा २७ असोजमा पक्राउ परेका पाँचै जनालाई एएफसीले त्यसको भोलिपल्टै फुटबलका सबैखाले गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो। कान्तिपुर दैनिकमा खबर छ।


