Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दी गर्ने भारतले उल्टै परराष्ट्रमन्त्री थापासंग स्पष्टिकरण सोधियो

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय अधिकारीले मधेस आन्दोलनसँग भारतलाई जोडेर नेपालले भारतविरुद्ध गरेको प्रचारबाजीका विषयमा स्पष्टिकरण लिएको खुलासा भएको छ।

मधेसी मोर्चाका नेतासँग शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रन्जित रेले यसको खुलासा गरेका हुन्।

रेसँग साँझ मधेसी मोर्चाका नेताहरुले परामर्श गरेका थिए। थापाले आफ्नो ४ दिने यात्राका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायतका भारतीय अधिकारीसँगको भेटमा नाकाबन्दी फुकाउन आग्रह गरेको रेले मधेसी नेतालाई जानकरी दिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9908