मधेसी मोर्चामा आवद्ध चार दलका अध्यक्षहरु आइतबार नयाँ दिल्ली जाने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुष्मा स्वराज र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट गर्ने मोर्चा र दूतावास स्रोत दुवैले पुष्टि गरेको छ।
दूतावासले मोर्चाका नेताहरुलाई आइतबारै गान्धी र स्वराजसँग भेटको समय तय भइसकेको जानकारी दिएपनि उनीहरुले हालसम्म औपचारिक निमन्त्रण पत्र पाएका छैनन्। आज दिउँसो उनीहरुलाई निमन्त्रणा पत्र बुझाइने बताइएको छ। कान्तिपुर दैनिकमा खबर छ।