दुबईमा दशैंको शुभकामना आदानप्रदानसंगै वनभोज कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा, लक्ष्मी शर्मा, दुबई, युएई
दुबई । दुबईको जाविल पार्कमा युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले विभिन्न नेपाली परिकारका स्वादसंगै विविध लोक सांगीतिक माहौलमा वडा दशैंको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम रमाइलोसंग मनाएका छन्।

नेपालीहरुको ठूलो पर्व वडा दशैं नजिकिदै जांदा सिन्धुपाल्चोक सेवा समाज युएईको आयोजनामा मनाएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए एनसीसीका सचिव पुष्प कार्की रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष विदुर न्यौपानेले गर्नु भएको थियो। त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार र पत्रकारहरु रहेका थिए ।

राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रममा सोही संस्थाका सदस्य विनिता कोइरालाको शुभकामना मन्तव्य रहेको थियो । पहिलो चरण औपचारिक र दोस्रो चरण सांस्कृतिक र खेलकुद गरी दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई समाजका सचिव मनोज नेपालले संचालन गर्नु भएको थियो।

त्यसै पनि गर्मीको मौसमलाई बिदाई गर्दै हल्का चिसो मौसमको परिवर्तनमा चारैतिर अल्को–अल्को बिल्डिङहरुको मांझमा हरियो तथा आकर्षक सजिएको पार्कमा विविन्न नेपाली परिकारका स्वादले अझै सुनमा सुगन्ध थपिदिएको थियो । हप्ता भरिपछि भएको शुक्रबारे सार्वजनिक विदालाई सदुपयोग गर्दै खुम रमाइलोसंग मनाए । सधै घरतिरको चिन्ताले पिरोलिदै दैनिक आ–आफ्नो ड्यूटीमा व्यस्तता रहेता पनि त्यस दिन भने सबै भुल्ने बाध्य तुल्याएको थियो।

स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतिमा सबै दर्शकहरु गाउन मात्र होइन नाच्नमा झन घुइचो लागेको देखिन्थ्यो । खुल्ला मैदान तथा चारैतिर सुहानी मौसमको खुब फाइदा लिए। त्यसमाथि पनि रश्सी तान्ने, हाडी फोड खेल र अन्य मनोरञ्जनात्मक खेलहरुले झन प्रतिस्प्रधाभन्दा पनि हांसो र मनोरञ्जन दिएको थियो। यस कार्यक्रमलाई भव्य र सव्य रुपमा सफल पार्नमा सहयोग गर्ने आयोजक टिम र उपस्थित सबै दर्शकहरुलाई अध्यक्ष विदुर रावतले धन्यबाद समेत दिएका छन्।


थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9180