Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङले भेटाए बार्सिलोनामा ठूली (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
राजेशपायल नाम नै काफी छ इन्ड्रस्ट्रिजमा चाहे फिल्म चाहे आधुनिक चाहे लोक पप सबै गीत भ्याएका छन् यिनले।

देशभित्रको कन्सर्ट या बाहिरको कन्सर्टमा पनि उतिकै जमेका छन् र डिमाण्ड पनि उतिकै छ यिनको।

हिजोको माहोलले फेरि शिद्ध गरे आफूलाई संगीतको बादशाह भनेर। हिजो यानि कि २५ अक्टोबरमा बार्सिलोनामा एनआरएन स्पेनले आयोजना गरेको दशैं स्पेशलमा गायक राईको प्रस्तुती दमदार रह्यो।

बार्सिलोनाको जाडोलाई ठाढै चुनौती दिए राईले। कार्यक्रम संयोजक सुबास रानाभाट रहेको उक्त कार्यक्रममा राईले नाई नभन्नु ल, दिक्तेल बजार, दर्शन नमस्ते, तीन तारा तीनतिर, म त मर्छु कि क्या हो ठूली.., माया गर्दिनौ रे, फूलफूलको मौसम तिमीलाई, शिरै फूल शिरबन्दी, मोहनी लाग्ला है, सागर सरी चोखो माया (उक्त गीतमा स्थानीय गायिका मौसमी शेर्पाले साथ दिएकी थिइन्)लगायत दर्जनौं गीत गाएर बार्सिलोना तताए।

कार्यक्रमपश्चात राईले सफल कन्सर्ट भएकोमा धन्यवाद दिए आयोजक संस्था र दर्शकलाई। अबको उनको अर्को कन्सर्ट डेन्मार्कमा यही अक्टोबर ३१ तारिखका दिन आरहुसमा हुंदैछ।





Comments

comments

Leave a Reply

9220