Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज आयोजना गर्ने

भेग गुरुङ/ एचकेनेपाल डट कम –
तमु प्ये ल्हु संघ युकेले संघको विविध योजनाहरुको सहयोगार्थ आगामी २८ नोभेम्बर २०१५ मा ह्यारो लेजर सेन्टर, ह्यारो लण्डनमा आयोजना गर्न लागेको कल्याणकारी रात्रिभोज कार्यक्रमको बारेमा सबैलाई जानकारी दिन शनिबार पत्रकार सम्मेलन सम्पन्न गरेकोछ।

विभिन्न सञ्चार माध्यामका सञ्चारकर्मी तथा पत्रकारहरुको समुपस्थितिमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा कल्याणकारी रात्रिभोज कार्यक्रमका संयोजक मेजर खुसीमान ल्हेँगे तमु एमभिओले कल्याणकारी रात्रिभोजको उद्धेश्य, औचित्य र लक्ष्यको बारेमा प्रष्टाएका थिए भने सामुदायिक भवन तथा क्होँईवोँ धीँ निर्माण योजनाका संयोजक क्या. डेम बहादुर योज तमुले भवन निर्माण योजनाको बारेमा स्पष्ट पारेका थिए । यसैगरि संघका अध्यक्ष सोम त्होर्जे तमुले हाल सञ्चालनमा रहेका प्ये संकलन, लेखन तथा प्रकाशन र चोँ क्युई शब्दकोष लेखन योजनाहरुको बारेमा हालसम्म भएका कार्य प्रगतीसहित बताएका थिए।

संघको विविध योजनाहरु क्होँईवोँ तथा सामुदायिक भवन निर्माण, प्ये संकलन, लेखन तथा प्रकाशन र चोँ क्युई शब्दकोष लेखनको सहयोगार्थ आयोजना गरिने उक्त कल्याणकारी रात्रिभोज कार्यक्रममा सबै योजनाहरुको बारेमा जानकारी गराउने र सहयोगको लागि सबैलाई अनुरोध गरिने उद्धेश्य रहेको कल्याणकारी रात्रिभोज कार्यक्रमका संयोजक मेजर खुसीमान ल्हेँगे तमु एमभिओले बताउनु भयो भने उक्त कल्याणकारी रात्रिभोज कार्यक्रमदेखि नै क्होँईवोँ तथा सामुदायिक भवन निर्माण सहयोगार्थ आर्थिक संकलन कार्य पनि शुरु गरिने कुरा योजनाका संयोजक क्या. डेम बहादुर योज तमुले बताउनु भयो। यसैगरि कार्यक्रमको तयारी तथा प्रचार प्रसार एवं प्रत्राचार गर्ने काम सशक्त रुपमा अगाडी बढाई सकिएको र यस कार्यको लागि कार्यसमिति, सल्लाहकार समिति, क्षेत्रिय प्रतिनिधीहरु, आमा, खेगी तथा युवा समितिहरु सबै लागेको कुरा पनि कार्यक्रम संयोजक मेजर खुसमिान ल्हेँगे तमु एमभिओले अवगत गराउनु भयो।

संघका सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा उपस्थित सबै सञ्चारकर्मी पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष सोम त्होर्जे तमुले प्रचार प्रसारको लागि सबै सञ्चार माध्यामहरुमा समाचार प्रकाशन गरिदिनु हुन अनुरोध गर्नुभयो।

पत्रकार सम्मेलनको पूर्वराद्र्धमा कल्याणकारी रात्रिभोज कार्यक्रमको तयारीको बारेमा अप्डेट गराउनको लागि कार्यक्रम आयोजक समितिको बैठक बसेको थियो भने सहसंयोजक क्या. देवराज ङोप्छे तमुले हालसम्म भएका सबै तयारीहरुको बारेमा अप्डेट दिनु भएको थियो । साथै कार्यक्रम भव्य रुपमा सफल बनाउनको लागि सबै तह र तप्काबाट सक्दो धेरै सहयोग गरिदिन सबैलाई अनुरोध गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

9267