Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आजदेखि चीनबाट इन्धन नेपाल भित्रिने

रसुवा – चीनले अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ लिन पहिलो चरणमा १२ वटा नेपाली ट्यांकर रसुवागढी आइपुगेको छ।

नेपाल र चीनबीच गत बुधबार बेइजिङमा तेलसम्बन्धी औपचारिक सम्झौता भएपछि १२ वटा ट्यांकर शुक्रबार केरुङका लागि काठमाडौंबाट हिँडेका थिए। भारतले गरेको अघोषित नाकाबन्दीको झन्डै डेढ महिनापछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ।

रसुवा आइपुगेका ट्यांकरहरुलाई नागरिक समाज रसुवाले सदरमुकाम धुन्चेमा स्वागत गरेको छ। नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले ट्यांकरका चालक र सहचालकलाई खादा लगाई स्वागत गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

9298